७ बैशाख २०८१, शुक्रबार

झरना थापाको फिल्म ‘भगवत् गीता’ विवादमा, बोर्डमा पर्‍यो उजुरी

bhuwan kc

झरना थापाको निर्देशन बन्ने भनेर फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा पनि गरिसकिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर परेर फिल्मबारे जानकारी पनि दिइएको थियो ।

अभिनेत्री सुहाना थापा फिचर्ड जनकपुरधामको जानकी मन्दिरमा खिचिएको सानो दृश्य समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरसँगै २०८० सालको वैशाख १ गते फिल्म रिलिजको घोषणा समेत गरि सकिएको छ ।

यतिबेला झरनाको नयाँ फिल्म ‘भगवत् गीता’को नामलाई लिएर निर्माण नहुँदै विवाद सिर्जना भएको छ । फिल्म ‘भगवत् गीता’ को नामलाई लिएर एक हिन्दूवादी संस्थाले चलचित्र विकास बोर्डमा बुधवार उजुरी हालेको छ । बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै हिन्दू जागरण नेपालले बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद्भगवत गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुन लाग्नु अनुचित कार्य रहेको भनिएको छ ।

विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायद्वारा संयुक्त हस्ताक्षरीत उजुरी पत्रमा झरना थापाज्युले ‘भागवत् गीता’ नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारहरुमा आएको छ । यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ । त्यसैले यदि श्रीमद् भागवद्को पवित्र नाम र ग्रन्थको महत्व दर्शाइने र आघात नपुग्ने गरि फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस् । पत्रमा लेखिएको छ।

यस्तै, कुनै पनि फिल्म निर्माण र प्रसारणको अवस्था आएको खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरि कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरि मात्र निर्माण र प्रसारणको अनुमति दिन समेत बोर्डसँग हिन्दू जागरण नेपालले आग्रह गरेको छ ।

hindu jagaran