११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी

deuba 2 1 scaled 822x548 1

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन ।

मन्त्रीको नाम तय गर्नका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालको बैठक आज बस्दैछ । दुबै दलले नाम टुंगो लगाए आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ ।

सरकारमा जाने मन्त्रीहरु टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउसो बस्दैछ । सरकारमा जाने मन्त्रीको बारेमा जसपाले पनि आन्तरिक छलफल गरिरहेको छ । जसपाले मन्त्री छान्ने जिम्मेबारी पार्टी अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई र अशोक राईलाई दिएको छ ।

पार्टीले पाउने मन्त्रालयहरु स्पष्ट भएपछि मात्रै मन्त्री छान्ने तयारी जसपाको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि सरकारमा जाने मन्त्रीहरुका विषयमा अनौपचारिक छलफल गरिरहेको छ । प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई दुई र सिटौला पक्षलाई एक मन्त्रालय दिने तयारी गरेका छन । मन्त्रिपरिषद विस्तारका विषयमा शनिवार पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालविच छलफल भएको थियो ।

सरकार गठनको दुई सातावित्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुने गरेको छ ।