१२ बैशाख २०८१, बुधबार

आई.टी.आर्मीको रौतहटमा शक्ति प्रदर्श, प्रदर्शनमा भारतीय र सरकारी गाडी प्रयोग

rautahat 69

नवगठित आई.टी.आर्मीले रौतहटमा शनिवार शक्ति प्रदर्शन गरेको छ ।

भ्रष्टाचार, कुशासन, दण्डहिन्ता र लुट तन्त्र बन्द गर्ने उद्देश्यले हालै गठन गरिएको आई.टी. आर्मीले रौतहटमा शनिवार वृहत मोटरसाइकल ¥याली निकालेको छ । जिल्लाको मध्य भाग गरुडाबाट निकालिएको मोटरसाइकल ¥याली हर्षाहा, बाल्चनपुर, जंगलसहीया, फतुवा विजयपुर, कटहरीया बजार, देवाही गोनाही, दिपही, खेसरीया र भेल्ही हुँदै सुकदेव चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

देशमा बढदै गरेको भ्रष्टाचार, बेतिथि, लुट, आतंक तथा अराजकता बन्द गरी समाजिक न्याय तथा सुशासन कायम गर्नुपर्ने माग गर्दै आई.टी.आर्मीले जिल्लामा वृहत मोटरसाइकल ¥याली प्रदर्शन गरेका छन । उक्त ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरुबाट हजारौंको संख्यामा युवाहरु मोटरसाइकलसहित सहभागी भएका थिए । ¥यालीमा सहभागीहरुले भ्रष्टाचारीहरु खबरदार, लुट, आतंक बन्द गर, देश लुटन पाईदैन, भ्रष्टाचारी चाहिदैन, आई.टी. आर्मी जिन्दावाद, युवा एकता जिन्दावाद, देशलाई अगाडि बढाउनु छ, भ्रष्टाचार हटाउनु छ जस्ता नारावाजी गरेका थिए ।

साथै उनिहरुले समाजमा व्याप्त वेथिति, विसंगती, ढिलासुस्ती र भ्रष्टचारविरुद्ध चर्को नारावाजी गरेका थिए । ¥याली पछि सुकदेव चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आई.टी.आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले देशमा बढदै गरेको भ्रष्टाचारलाई अन्त्य गरी समाजिक न्याय, सुशासन कायम गर्ने तथा समाजवाद निर्माण गर्ने उद्देशयले आई.टी. आर्मी नामक संगठन निर्माण गरिएको बताएका छन ।

आई.टी. आर्मीका राष्ट्रिय संयोजक साहले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ गठित आई.टी. आर्मीले समाजको विकृति, विसंगति विरुद्ध जनचेतना अभिवृद्धि गर्दै भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरताविरुद्ध खबरदारी गर्दै सुशासनयुक्त समाज निमार्णमा महत्वपूर्ण, हस्तक्षेपकारी र निर्णायक भूमिका खेल्ने दाबी गरेका छन ।

समाजमा बढदै गरेको भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार मुक्त समाज बनाउने कल्पना सहित यो संगठनको निर्माण गरिएको र आफना लक्ष्य पुरा गर्न आफुहरु पछाडि नहटने उनले बताए । यसैविच आर्मीले निकालेको मोटरसाइकल ¥यालीमा व्यापक रुपमा भारतिय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरिएको छ भने नेपाल कम्युनिष्ट पार्टी माओवादीको चुनाव चिन्ह् हसिँया हथौडा छापको झण्डा प्रयोग गरिएको छ ।

227795076 1710940352448893 4734719916236171903 n O7Vpo16M13

रौतहट प्रहरीले गत साउन १ गतेदेखी जिल्लामा भारतिय नम्बर प्लेटका सवारी साधन चलाउन पुर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर प्रशासनले लगाएको प्रतिबन्धलाई लत्याउँदै ¥यालीमा सहभागि अधिकांश व्यक्तिले भारतिय नम्बर प्लेटकै मोटरसाइकल प्रयोग गरेको देखिएको छ ।

त्यस्तै कुनै पार्टी वा संगठनले विरोध प्रदर्शन अथवा कुनै किसिमको कार्यक्रम गर्दा त्यसमा आफना पार्टी, संगठनको मात्र चुनाव चिन्ह अंकित झण्डा प्रयोग गर्नुपर्ने नियम छ तर यस ¥यालीमा ठिक त्यसको विपरीत गएर अधिकांश व्यक्तिले नेकपा माओवादी पार्टीको चुनाव चिन्ह अंकित हसिँया हथौडा छाप भएको झण्डा प्रयोग गरेको देखिएको थियो ।

त्यस्तै ¥यालीमा सहभागी केही व्यक्तिहरुले पुर्व मन्त्री प्रभु साह जिन्दावादको समेत नारा लगाएका थिए । यतिमात्र नभई नेकपा माओवादी जिन्दावादसम्मको नारा लगाइएको थियो ।

आई.टी. आर्मी कुनै दलको भातृ संगठन नभएपनि ¥यालीमा नेकपाको झण्डा बोक्नु, नेकपाको नाममै लिएर नारावाजी गर्नु तथा प्रभु साह जिन्दावाद भन्नुले यो संगठन प्रभु साहले नै निर्माण गराएको बुझिएको छ । यतिमात्र नभएर ¥यालीमा सरकारी गाडीको पनि प्रयोग गरी दुरुपयोग गरिएको छ ।

प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय गरुडाको ना ४ च ६३९७ नम्बरका सरकारी गाडी ¥यालीमा प्रयोग गरिएको थियो । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय गरुडाले कृषकलाई तरकारी ढुवानी गर्न अनुदानमा उक्त गाडी दिएको छ तर उक्त गाडीलाई ¥यालीमा प्रयोग गरी दुरुपयोग गरिएको पाइएको छ ।

उक्त गाडीमा डिजे बाजा लोड गरिएको र झण्डा झुण्डयाइएको थियो । ¥यालीमा रौतहट प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै भारतिय नम्बर प्लेटका सवारी साधन व्यापक रुपमा प्रयोग गरिएको र सरकारी गाडी समेत प्रयोग गरी दुरुपयोग गरिएको भएपनि प्रशासनले यस सम्बन्धमा कुनै एक्सन लिन सकेको छैन ।