१३ बैशाख २०८१, बिहीबार

बिलखबन्धनमा माधव नेपाल पक्षका दोश्रो तहका नेताहरु

uml 1

एमाले पार्टी एक बनाउछु भनेर कस्सिएका एमालेका दोश्रो तहका नेताहरु आफै बिलखबन्धनमा परेका छन्। एमाले उपाध्यक्ष भीम रावल, उपमहासिचव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य लगायत माधव नेपाल निकट नेताहरु पार्टी एकताका लागि खट्ने नेतामा पर्छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुसँग उनीहरु निरन्तर वार्ता गरिरहेका हुन्छन्।

वार्तामा खटिएका भएपनि यी नेताहरुलाई आफ्नै पक्षले भने खासै विश्वास गरेको छैन। विशेष गरेर असार २७ गते वरिष्ठ नेता नेपालको सहमतिविना एकता गरेकोमा उनीहरुसँग नेपाल पक्ष अझै आक्रोसित बनेका छन्। संसद विघटनबारेको मुद्धमा असार २८ गते सर्वोच्च अदालतले फैसला गर्ने मिती तोकेको थियो। त्यसैले ओली २७ गते जसरी पनि सहमति गर्न चाहान्थे भने नेपाल सहमति नगर्ने पक्षमा थिए।उनले केहीदिन सहमति नगर्न कार्यदललाई भनेका थिए। तर कार्यदलले नमानेपछि नेपाल आक्रोसित बनेका हुन्।

असार २७ गते भएको १० बुदे सहमतिलाई नेपालले अहिलेसम्म स्विकारेका छैनन्। नेपालले मात्रै होइन, तेश्रो तहका नेता र जनवर्गिय संगठनले समेत १० बुदे सहमतिलाई स्विकारेको छैन। २०७५ जेठ २ को अवस्थामा पार्टीलाई पुर्ण रुपमा फर्काउन नसकेकोमा उनीहरु आक्रोसित छन्। विगतमा ओलीले गरेका गल्तिको कुनै उल्लेख नगरेको बरु उनकै हात माथी पर्नेगरी सहमति गरेको आरोप नेपाल निटका जनवर्गिय संगठनका पदाधिकारीहरुले कार्यदलमा रहेका नेताहरुलाई लगाएका छन्।

अर्कोतिर कार्यदलका नेताहरुले माधव नेपाललाई धोका दिएको समेत तेश्रो तहका नेताहरुको गुनासो छ। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन नेपाल निकट दोश्रो तहका नेताहरुले मतदान बहिष्कार गरेका थिए। उनीहरुसँगै अन्य सांसदहरु पनि थिए। मतदान बहिष्कार गर्नेहरुमा उपमहासचिव एवम् सांसद घनश्याम भुसाल, सचिव एवम् सांसद गोकर्ण विष्टका साथै सांसदहरु झपट रावल, यज्ञराज सुनुवार, दिपक प्रकाश भट्ट, सोमप्रसाद पाण्डे लगायत थिए।

त्यस्तै सचिव योगेश भट्टराई, सांसद राजबहादुर बुढा, पवित्रा निरौलाले पनि वहिष्कार गरेका थिए । तर यी तिनै जना सांसदले यसअघि पनि नेपाललाई साथ दिएका थिएनन्। उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले त्यही दिन सांसदबाट राजिनामा दिएको घोषणा गरे। केही दिनमा उनले राजिनामा फिर्ता लिए। रावल तीनै व्यक्ति हुन, जसले माधव नेपाललाई ओलीका विरुद्ध सबैभन्दा बढी उचालेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर सबैभन्दा अघि सर्ने पनि रावलनै हुन्। तर रावलले १० बुदे सहमति गर्ने बेलामै माधव नेपाललाई धोका दिएको माधव नेपालले आफू निकटहरुसँग गुनासो गर्ने गरेका छन्। रावलले १० बुदेको ड्राफ्ट समेत नदेखाएको नेपाल निकट नेताहरुको भनाई छ।

असार २० गते तत्कालिन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनी एकाएक बदलिएका थिए। त्यसपछि नै कार्यदल व्युतिएको थियो । जेठ ७ गतेदेखि बस्न नसकेको कार्यदलको बैठक असार २१ मा बसेको थियो। त्यसपछि रावल पनि ओलीप्रति निकै नरम बनेका थिए। रावल नरम भएपछि नै १० बुदे सहमति संभव भएको हो।

१० बुदे सहमति गर्ने, देउवालई विश्वासको मत नदिने गरेर ओलीको मन जित्ने प्रयास गरेका कार्यदलका नेताहरुले नेपालको भने मन जित्न सकेका छैनन् । नेपालले ओलीतिर जानेलाई रोक्दिन भनेपछि उनीहरु झनै अन्यौलमा परेका छन्।आफुहरु ओली पक्षमा जादा नेपाल पनि नजाने र जनवर्गिय संगठनलाई पनि भत्काउन नसक्ने भएपछि उनीहरु बिलखबन्धनमा परेका हुन्।ओलीतिर जादा पनि आफ्नै हैसियत नहुने र नेपालसँग बस्दा पनि संसदीय चुनाव हार्ने डर नेपाल पक्षका दोश्रो तहका नेतालाई छ।

त्यसैले उनीहरु माधव नेपाल गइदिए आफुहरुलई सजिलो हुने आशमा छन्। तर नेपालले भने अब दोश्रो पुस्ताको भन्दा पनि तेश्रो पुस्ता र चौथो पुस्तालाई हात लिएका छन्। आफुले भने अनुसार ओलीले नमानेमा नयाँ पार्टी गठन गर्ने निश्कर्षमा नेपाल पुगेका छन्। त्यसका लागि अहिलेसम्म भएका गल्तिको ओलीले माफी माग्नुपर्ने र पार्टीमा शक्ति बाँडफाड हुनुपर्ने नेपालको अडान छ। ओलीको आत्मालोचनालाई नेपालले सबैभन्दा बढि जोड दिएका छन् । आत्मालोचना गरेमा पार्टीमा ओली आफै पछि पर्ने नेपालको विश्लेषण छ। तर आत्मालोचना गराउने विषय उठाउन नेपाल पक्षका दोश्रो तहका नेताहरुले हिम्मत गरेका छैनन्।

ओलीले आत्मालोचना नगरेमा नेपालले पार्टी विभाजनको बाटो लिने उनी निकट नेताहरुको मुल्यांकन छ। पार्टी विभाजन गर्दा आफुलाई ओली पक्षका धेरै नेता तथा सांसदहरुले साथ दिने नेपालको आशा छ। अर्कोतिर नेपालसँग जति शक्ति हुन्छ त्यसलाई पुग्नेगरि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजनको लागि अध्यादेश समेत ल्याइदिनेछन्।