६ चैत्र २०८०, मंगलवार

कोइराला, निधि र सिंहबीचको भेट सम्पन्न, संवैधानिक बाध्यता ख्याल गरि महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष

610549c4156c9 Nc leder meet

सत्तारुढ दल नेपाली काँग्रेसको महामन्त्री डा शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच ठमेलस्थित सिह निवास चाकसीबारीमा भएको छलफल सम्पन्न भएको छ।

बैठकमा काँग्रेसको आशन्न चौधा‌ैं केन्द्रीय महाधिवेशनमा छलफल भएको काँग्रेस नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस का प्रभावसाली तीन नेताबीच को छलफलमा संबैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिबेशन सम्पन्न गर्ने र कांग्रेस नेततृत्वमा मा बनेको सरकारले प्रधानमन्त्री ले भन्नुभएजस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारले ध्यान दिनु पर्ने लगायतका बिषयमा छलफल केन्द्रित भएको छ ।