१५ चैत्र २०८०, बिहीबार

माडीमा माओवादीद्वारा ४० बिघा जग्गा कब्जा, मेयर ढकाल नै भूमाफियाको पक्षमा लागेको आरोप

jagga kabja

माडीमा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले आज ४० बिघा जग्गा कब्जा गरेको छ ।

कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो । यसमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको पार्टीले आरोप लगाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कृष्ण सुनारले जग्गा खण्डीकरण गरेर माडी नगरपालिकाको मेयरको मिलेमतोमा आर्थिक चलखेल भएको बताए ।

उनले भने, ‘ माडीमा दलाल र भूमाफियाहरुले मनपर्दीरुपमा गरेको जग्गा खण्डीकरण रोक्न पार्टीले जग्गा कब्जा गरेका हौं ।’ जग्गा कब्जा गरेपछि भएको कोणसभामा पार्टीका जिल्ला इन्चार्ज अशोक शर्माले सम्बोधन गरेको उनले बताए ।

madi 2