१५ चैत्र २०८०, बिहीबार

देशको हितमाथी कुठाराघात गर्नेलाई छुट दिन सकिँदैनः बरिष्ठ नेता नेपाल

madhav nepal
फाइल फोटो

नेकपा एकालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय देशमा राजनीतिक तथा संवैधानिक संकटका सन्दर्भमा बोल्नुहँुदै देशको हितमाथी कुठराघात गर्नेलाई छुट दिन नसकिने बताउनुभएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा शनिबार आयोजित अखिल फोर्स बृहत् भेलालाई सम्बोधन गर्नुहुदै वरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतले संविधान र संसदको रक्षा गरेको बताउनुभएको हो । हामीले राम्रोबाट सिक्नुपर्छ, नराम्रोबाट होइन, स्वस्थ वायु लिनुपर्छ, अस्वस्थ वायु होइन, नेता नेपालले बताउनुभएको छ ।

उहाँले सत्य र आदर्शलाई नै आत्मसात् गर्दे कसैबाट तर्सेर र मैदानबाट भाग्नुपर्ने आवश्यकचा नभएको पनि बताउनुभयो । नेता नेपालले गलत कामको सामना गर्नुपर्छ तर सहि तरिकाबाट आफूहरु अघि बढ्नुपर्ने पनि धारणा राख्नुभएको छ ।

अहिलेको अवस्थामा एमाले जबजको सिद्धान्तबाट निरंकुश प्रवृत्तिलाई निरुपण गर्दै अघि बढ्नुपर्ने नेता नेपालको भनाइ छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा सबै नागरिकलाई कोरोनाविरुद्दको खोप उपलब्धताका लागि उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

यसैगरी, कर्णालीमा भएको तुइन घटनाप्रतिपनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । एमाले अध्यक्ष ओलीले आजसम्म पार्टी विवाद वार कि पार लगाउन निर्देशन दिनुभएको थियो । यसबीचमा एमाले संस्थापन पक्षबाट नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेले नेता नेपाल निवासमा पुगि पार्टी एकताको सम्बन्धमा छलफल गर्नुभएको थियो । यहि अवस्थामा एमाले वरिष्ठ नेता नेपालले अखिल फोर्सद्वारा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।

    सम्बन्धित समाचार...