१५ चैत्र २०८०, बिहीबार

बढ्यो कोरोना सङ्क्रमण, ‘चेन ब्रेक’ झापा जिल्ला सिलबन्दी

jhapa

कोरोना सङ्क्रमण उच्च रहेको भन्दै झापा, अर्घाखाँची लगायतका जिल्लामा निषेधाज्ञा कडा बनाइएको छ ।

यसअघि खुकुलो भएको निषेधाज्ञा संक्रमणको चेन ब्रेक गर्न भन्दै फेरि कडा बनाइएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेकाले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

अत्यावश्यकवाहेक सबै यातायातका साधन संचालनमा रोक लगाइएको छ । बजार बन्द गरिएको छ भने नागरिकलाई सकेसम्म घरमै बस्न आग्रह गरिएको छ ।

अर्घाखाँचीमा पनि आजदेखि निषेधाज्ञा कडा बनाइएको छ ।

गएराति १२ बजेदेखि लागु भएको निषेधाज्ञा साउन ३० गतेसम्म कायम रहने बताइएको छ । अत्यावश्यक पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै खुला गरिएको छ ।

यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द गरिएको छ । सुर्खेतमा जारी निषेधाज्ञा आठ दिनका लागि थपिएको छ । त्यस्तै भारतसँग सीमा जोडिएको बैतडीमा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ ।