१५ चैत्र २०८०, बिहीबार

हेल्मेट लगाउन अनुरोध गरेपछि प्रहरीसँग पारस शाहको लफडा

Parash Shah1627658713

बेलाबेला उपद्रो गतिविधिका कारण विवाद तानिने गरेका पूर्वयुवराज पारस शाहले शुक्रवार फेरि प्रहरीसँग लफडा गरेका छन् ।

शुक्रवार साँझ हेलमेट नलगाइ मोटरसाइकलमा हिँडेका पारसलाई काठमाडौँको नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले रोकेपछि उनले उद्दण्डता देखाएका हुन् । ट्राफिक प्रहरीले हेल्मेट लगाउन अनुरोध गरेपछि पूर्वयुवराज शाहले प्रहरीसँग बादविवाद गरेका हुन् ।

हरीले एकपटक सम्झाएर जानुस भन्दा पनि नगएपछि प्रहरीसँग धकेलाधकेल गर्दै लफडा परेको हो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरीले पारसको हात समातेर जान आग्रह गरिरहेका छन् । तर पारस जान्न भन्दै बम्किएको भिडियोमा देख्न सकिन्छ । 

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले एकपटक समातेर पारसलाई छाडिएको जानकारी दिएका छन् । पारस बेला बेला प्रहरीसँग लफडा गर्ने गरेका छन् । 

केहीबेरको बादविवादपछि समर्थकहरूले पारसलाई प्रहरीको साथबाट छुटाएर लगेका थिए ।