
पूर्व माओवादी नेताहरूले सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी सूचीमा चढे पनि हेर्न नभ्याइने सूचीमा परेको हो ।नेकपा एमालेमा प्रवेश गरेको भनी पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले कारबाही गरेपछि टोप बहादुर रायमाझी लगायतका पूर्व माओवादी नेताहरूले बुधवार सर्वोच्च अदालत जानुभएको थियो ।
नेता लेखराज भट्ट, गौरीशङ्कर चौधरी, प्रभु शाह, टोप बहादुर रायमाझी र दधिराम न्यौपानेले आफूहरू नेकपा एमाले प्रवेश नगरेको र हालसम्म पनि माओवादी केन्द्रकै नेता रहेको भन्दै सांसद पद कायम राख्न माग गर्दै रिट दायर गर्नु भएको छ ।