१५ चैत्र २०८०, बिहीबार

दुई हजार ३३५ जनामा सङ्क्रमण पुष्टि, एक हजार ३७३ जना निको, १६ जनाको निधन

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नाै हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४.२ प्रतिशत सङ्क्रमण दर रहेकाे छ ।

यस्तै, चार हजार ६८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३७३ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १६ जनाको निधन भएको छ । योसँगै नौ हजार ८०७ जनाको निधन भैसकेको छ । अहिलेसम्म ९४.३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।