१४ बैशाख २०८१, शुक्रबार

सर्लाहीको ब्रह्मपुरीमा आमा र दुई बच्चासहित ३ जनाएको पोखरीमा डुबेर निधन

received 19745315860430801 750x375 1

सर्लाहीको ब्रहमपुरी गाउँपालिकामा पोखरीमा आमा र २ बच्चासहित ३ जनाको पोखरीमा डुबेर निधन भएको छ ।

ब्रहमपुरी गाउँपालिका वडा न- ३ बस्ने संजिव कापरकी श्रीमती रितेवा देवी कापर आफ्नो २ वर्षीया छोरी र ९ दिनको नवजात छोरासहित गाउँपालिकाको वडा न. स्थित रहेको सुर्यबंश पोखरीमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनु भएको छ । वडा न. ३ का वडाध्यक्ष श्याम ईनदल साहका अनुसार राती करिब १ बजेको समयमा घरबाट २ जना बच्चाहरु लिएर मृतक महिला कापर गायब भएकी थिइन् ।

श्रीमती र बच्चालाई खोजदै हिडेका मृतकका श्रीमान पनि हाल सम्म सम्पर्क बिहिन रहेको प्रहरीको भनाई छ । मृतक महिलाको मानसिक अवस्था ठिक नरहेको गाउँलेहरूले बताएका छन् । मृतकहरुको शव पोस्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।