१४ बैशाख २०८१, शुक्रबार

आवश्यक तयारी नपुगेपछि माओवादी केन्द्रकाे स्थायी समिति बैठक स्थगित

maoist center

आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक स्थगित भएको छ ।

यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने निर्णय भएको थियो । तर, आवश्यक तयारी नपुगेका कारण आजको बैठक स्थगित भएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

आजको बैठकमा माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने तय भएकाे बताइएकाे थियो ।