७ बैशाख २०८१, शुक्रबार

रिहाइबारे रेशम चौधरीको वक्तव्यः ‘श्रीमान ! न्याय देउ, क्षमा चाहिँदैन’

223339403 524605421929245 363237287217261822 n

जनता समाजवादी पार्टीका विवादबारे कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्‍याइएका चौधरीले आफ्नो रिहाइबारे भने राजनीतिक वक्तव्य दिए ।

उनले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल समेत गरेका छन् । बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका हुन् । उनले राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको बताएका छन् । ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला’, उनले भने ।

कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’ उनले भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय।’

महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति रहेका छन् । जसमा एक सदस्य रेशम भने टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका छन् ।

निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताएका थिए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गराएको हो ।