१३ बैशाख २०८१, बिहीबार

एसीसी इस्टर्न रिजन टी–२० : वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल स्थगित

nepal vs thailand

थाइल्याण्डमा जारी एसिसी पूर्वी क्षेत्रीय टि–२० छनोटको आज तय भएको नेपाल र सिङ्गापुरबीचको खेल मैदान ओसिलो भएपछि स्थगित भएको हो ।

थाइल्याण्डमा जारी उक्त प्रतियोगिता मैदान तयार नभएका कारण खेल स्थगित भएको हो । बिहिबार (हिजो) राती परेको भारी वर्षका कारण बैंककस्थित टेर्डथाई क्रिकेट मैदान खेल्न योग्य नभएपछि टस समेत नभई खेल स्थगित गरिएको हो ।

यो खेल स्थगित भएसँगै दुवै टोलीले समान १–१ अंक पाएका छन् ।

नेपालले चार खेलमा दुईमा हार र एकमा जित तथा एकमा बिना नतिजाको साथमा ३ अंक जोडेर चौथो स्थानमा रहदै प्रतियोगीताको अन्त्य गरेको छ ।

नेपाल प्रतियोगितामा मलेसिया तथा हङकङसँग पराजित भएको थियो । प्रतियोगितामा एक मात्र जित नेपालले थाइल्यान्डविरुद्ध निकालेको थियो ।

अर्कोतिर, सिङ्गापुर चार खेलमा ३ जित तथा एक विना नतिजाको साथमा ७ अंक जोड्दै शिर्ष स्थानमा रहँदै प्रतियोगीताको अन्त्य गरेको छ ।

यसका साथ–साथै सिङ्गापुर एसीया कपको छनोट प्रतियोगीताका लागि पनि छनोट भएको छ ।

यो प्रतियोगीताबाट शिर्ष दुई टोली एसीया कपको छनोट प्रतियोगिताका छनोट हुनेछन अर्को टोलीको टुङ्गो भने मलेसीया तथा हङकङविरुद्धको अन्तिम खेलले लगाउने छ ।

उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार बेहोरेसँगै लक्ष्य पूरा गर्न असफल भएको छ ।