१४ बैशाख २०८१, शुक्रबार

जब डाक्टरले बिरामीलाई ५ लिटर वियर खुवाएपछि…

Doctors Treated a Man’s Alcohol Poisoning with 15 Cans

भियतनाममा एक व्यक्ति बिरामी भएर अस्पताल पुगेका थिए । डाक्टरले बिरामीलाई मदिरा खुवाएर उपचार गरे । मदिरा खुवाउनुको उद्देश्य भने बिरामीलाई बचाउनु थियो ।

भियतनामका एक व्यक्ति अल्कोहल पोइजिनिङको कारण अस्पताल पुगेका थिए । ४८ वर्षीय यी व्यक्तिको अवस्था देखेर डाक्टरले तत्कालै ५ क्यान वियर चढाएका थिए । गुयेन वैन नाम गरेका यी व्यक्तिको रगतमा मिथानोलको मात्रा सामान्यभन्दा १११९ प्रतिशतभन्दा बढी थियो ।

दाबी गरिएअनुसार उनलाई बचाउनु असम्भव थियो । डक्टरका अनुसार कुनै व्यक्तिले मदिरा पिउँछ भने सेवन रोकिएपछि पनि रक्तकोशिकासम्म मदिरा पुगिरहेको हुन्छ । अचेत अवस्थामा पनि शरीरमा यसको मात्रा बढ्दो क्रममा हुन्छ ।

अल्कोहल दुई रुपमा आउँछ – इथानोल र मिथानोल । मानिसको कलेजोले पहिला इथानोललाई टुक्र्याउँछ। जसको कारण डाक्टरले पेटमा वियर भर्ने निर्णय गरेका थिए । मिर्गौलाले करिब एक घण्टाजस्तो काम गर्न बन्द गरेको थियो ।

डाक्टरले १५ क्यान वियर पम्प गरेपछि भने कलेजोले सामान्यरुपमा काम गर्न सुरु गरेको थियो । बिरामीको कलेजो सफा गर्नको लागि वियरको प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । एजेन्सी

    सम्बन्धित समाचार...