१५ चैत्र २०८०, बिहीबार

एसीसी इस्टर्न टी–२० क्रिकेटमा मलेसियासँग नेपाल पराजित

Nepal Vs Malaysia

थाइल्याण्डमा जारी भएको एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियासँग नेपाल २२ रनले पराजित भएको हो।

मलेसियाले जितका लागि १५५ दिएको रनको लक्ष्य पछ्याएको नेपालले १९।४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो बैंककस्थित तेर्थाई रंगशालामा भएको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो। मलेसियाले निर्धारित २० ओभरमा ६ विके गुमाएर १५४ रन बनाएको थियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले र कप्तान ज्ञानेन्द्र मल्लले समान ३८–३८ रन बनाए। पवन सर्राफले १९ रनको योगदान गरे। पासर खड्काले ९, आरिफ शेख ५, करण केसी २, विनोद भण्डारी ७, सन्दीप लामिछिानेले १ रन जोडे । कुशल मल्ल, सुशन भारी र अभिनाश बोहरा शून्य रनमै पेभिलियन फर्किए।

सुरू मै विमेक गुमेपनि पारस र ज्ञानेन्द्रले १७ बलमा २१ रनको साझेदारी गरी स्कोर उकासेका थिए। पारस आउट भएपछि ज्ञानेन्द्र र दीपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दा नेपाल जिततर्फ उन्मुख थियो। लगातार विकेट गुमेपछि नेपाल सहज लक्ष्यलाई पार लगाई जित निकाल्नबाट बञ्चित बन्यो।