६ बैशाख २०८१, बिहीबार

आत्मालोचना गरे ठाकुर समूहका नेताहरुका बारेमा विचार गर्न सकिन्छः अध्यक्ष यादव

upendra mahanta
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले विचार गर्ने अध्यक्ष यादवले बताउनुभयो ।

यादवले आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुगेका नेताहरुले नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आए विचार गरिने अध्यक्ष यादवको भनाइ छ ।

अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिनुभयो । यादवले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिनुभयो ।

यसअघि ठाकुर समूहसँग निकट रहेका मनिष सुमन र राजकिशोर यादव पनि अन्तिममा उपेन्द्र यादवको पक्षका देखिनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षका नेताहरुले सर्वोच्च अदालतको १५ साउनको सुनुवाइसम्म पर्खिने बताएका छन् ।

सनाखतका लागि आयोग पुगेका ठाकुर पक्षका नेता जितेन्द्र सोनलले आयोगको निर्णय र सर्वोच्च अदालतले दिने फैसलाका आधारमा अगडि बढ्ने बताउनुभयो ।