
मुक्तिनाथ बिकास बैंक थारमारेबाट ब्यापारको लागि लिएको ५ लाख रुपैया मध्य बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ८३ हजार ९६ रुपैयाँ र काजक्रिया बापतको रकम रु.५ हजार हस्तान्तरण गरेको छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिका वडा न.१ पटारेमा मोटरसाईकल दुर्घटनामा मृत्यू भएका रमेश बुढाथोकीको मुक्तिनाथ विकास बैंकको कर्जा बापतको ऋण मिनाहा गरिदिएको छ।
त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु.३ लाख ७७ हजार ३ सय ७३ रुपैँया पनि मिनाह गरेको छ ।

उक्त रकम मृतक बुढाथोकीकी श्रीमती अस्मीता बटालालाई बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकी र सिद्ध कुमाख गाउँपालिका वडा नं.०१ का वडा अध्यक्ष राम बहादुर बस्नेत, मुक्तिनाथ बिकास बैंक श्रीनगरका डेस्क प्रमुख डिल्ली प्रसाद रानाद्धारा संयुक्त रुपमा हस्तान्तरण गरेका थियो ।
मुक्तिनाथ विकास बैंक लि. थारमारे शाखाका शाखा प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको र हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनी देखि गरीबसम्मलाई वित्तिय सेवा दिईरहेको दाबी गर्नुभयो । साथै उहाँले बैंक सामाजिक उत्तरदायित्वमा सक्रिय भएर लागीरहेकोे बताउनु भयो ।