२२ बैशाख २०८१, शनिबार

मास्क लुकाउने ४ वटा फार्मेसीलाई ४ लाख ३० हजार जरिबाना

face mask

कोरोना संक्रमणको नाममा अहिले पोखरामा पनि मास्क अभाव छ । कृत्रिम अभावदेखि आठ गुणासम्म बढी रकम असुलेर मास्क बिक्री हुने गरेको पाइएको छ ।

वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।

यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ । यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ ।

सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ । कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएको र विभागले अनुगमन कडा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि जानकारी दिनुभयो । विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिबाना तिराएको छ ।

नुगमनको क्रममा चर्को मूल्य लिएका पोखरामा परी फार्मेसी र स्याङजा औषधि पसललाई टोलीले कारबाही गरेको हो । 

मेडिकल मास्कलाई ३० रुपैयाँमा बिक्रि गरिरहेको अवस्थामा भेटिएको पोखराको हस्पिटल चोकमा रहेको परी फार्मेसी र केएन ९५ मास्क ४ सय ५० रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा भेटिएको महेन्द्र पुलमा रहेको स्याङ्जा औषधि पसलमा ताला लगाइएको छ ।

चर्को मूल्य असुलेका उनीहरुले खरिद गरेको बिल देखाउन नसक्दा कारबाही स्वरुप हाल बन्द गराइएको उद्योग बाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बताए ।
यस्तै, अधिकांश पसलमा १० को मास्कलाई अनुकूल र ग्राहक हेरेर २० देखि ८० रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ । यसरी बढी मूल्य असुलेर मास्क बेचिरहेका पसलहरुबाट सामान जफत गरी पत्र काटिएको छ ।
साथै, उनीहरुलाई कालोबजारी ऐन २०३२ बमोजिम कारबाही गरिने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

पोखरामा ३०० रुपैयाँ बट्टा पर्ने मास्क यतिबेला १५ सय रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । एकातिर स्थानीय प्रशासनले भेला भएर गरिने कार्यक्रमहरु नगर्न आग्रह गरिरहेको छ, भने अर्कातर्फ मास्कको अभावले पोखरेलीहरु मारमा परिरहेका छन् ।

त्यसैगरी टोलीले हस्पिटल चोकमा रहेको निर्देश फर्माबाट करिब एक सय थान मास्क जफत गरेको छ । पसलमा राखेर आफ्ना मन परेका उपभोक्तालाई मात्र बिक्रिका लागि राखेकोले उक्त फर्मालाई कारवाहीमा गरिएको कोइरालाले बताए ।

अनुगमन टोलीमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मा, स्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवाली, प्रदेश अनुगमन समितिका सदस्य-सचिव भरतमणि बराल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि प्रकाश पौडेललगाएतको सहभागिता थियो ।