१४ बैशाख २०८१, शुक्रबार

मकवानपुरमा बेहुला-बेहुली बोकेको बस भीरबाट खस्यो

1583376605Bus Accident ns

मकवानपुरको गैरीभञ्ज्याङमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

जन्तीसहित बेहुला-बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्जाङको भीरबाट खस्दा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जर्नएको छ । बुधबार साँझ भएको दुर्घटनामा ४८ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका असई होमबहादुर गोदारले जानकारी दिए ।

सुरज लोको चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । करिब एक दर्जन व्यक्ति गम्भीर घाइते रहेको उनले जानकारी दिए ।

बेहुला-बेहुली भने सामान्य घाइते भएका छन् । परिवारका अन्य सदस्यहरु पनि सामान्य घाइतेमात्रै भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसोको विवाह सकेर बेहुली लिएर घरतर्फ फर्किने क्रममा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी भीरबाट करिब ५० फिट तल खसेको थियो ।