८ बैशाख २०८१, शनिबार

खगेन्द्रको फिल्म ‘पानिफोटो’को रिलिज मिति तय

pani photo

चर्चित कलाकार लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको फिल्म ‘पानिफोटो’को रिलिज मिति तय गरिएको छ ।

टुकी आर्ट्स प्रा. लि.ले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको फिल्म २०७७ साल साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डे लगायत कलाकारहरुको अभिनय रहेको छ ।

paniphoto

त्यसैगरि फिल्मलाइ निर्देशक खगेन्द्रले नै लेखेका हुन भने फिल्मको निर्मातामा रोजिना सिटौला र रबिन्द्र बज्राचार्य रहेका छन ।