७ बैशाख २०८१, शुक्रबार

देब कुमार र मेलिनाको स्वरमा ‘तिमि पहरा’ सार्वजनिक

87566512 197324564668577 6951312974103445504 n

गायिका मेलिना राई र देब कुमार तामाङको स्वरमा रहेको तिमि पहरा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

एल्बम ‘तिमि पहरा’ मा समाबेश रहेको गीतमा इन्जिनियर देव कुमार तामांग र मेलिना राइको स्वर, टेक तामांगको शब्द, कन्काईस्ट राइको तथा संगीत साहस साक्यको संगीत संयोजन गीतमा रहेको छ ।

निक्कै मर्मस्पर्शि शैलिमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ । नम्रता र कुन्साङको माया प्रेमलाइ प्रस्तुत गरिएको भिडियोको छायाँकनमा बुद्ध थापा सम्पादनमा बिकास धमला रहेका छन । त्यस्तै गीतको भिडियोलाइ पछिल्लो समयका चर्चित निर्देशक निकेश खडकाको निर्देशन गरेका हुन ।

गीतको भिडियो ओ एस आर डिजिटलको अफिसियल युउटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।