१४ बैशाख २०८१, शुक्रबार

निधिले अनशनकारीलाई गरे बेवास्ता

nidhi 750x375 1

जनकपुरधाम, नेपाली काँग्रेसका उपसभापति समेत रहेका सभापतिका प्रत्याशी विमलेन्द्र निधिले अनशनकारी काँग्रेसका युवा नेताहरुलाई बेवास्ता गरेका छन् ।

गृह जिल्ला धनुषामा दुई दिनदेखि रहेका उपसभापति निधिले काँग्रेस धनुषाको जिल्ला कार्यालयमा रिले अनशन गरिरहेका युवा नेताहरुप्रति कुनै चासो देखाएका छैनन् ।

जिल्लामा क्रियासिल सदस्यतामा व्यापक धाँधली संस्थापन पक्षले गरेको आरोप लगाउँदै केहि दिनदेखि युवा नेताहरुले त्यसलाई सच्याउन मागगर्दै केहि दिनदेखि रिले अनशनगर्दै आएका छन् । धनुषाका केहि नेताहरुले क्रियासिल सदस्यता बितरणमा एकपक्षिय गरिएको भन्दै केन्द्रिय कार्यालयमा आमरण अनशन बसेका छन् ।

केन्द्रिय कार्यालयमा आमरण अनशनमा रहेका नेताहरुप्रति कुनै चासो नलिएका निधिले गृह जिल्ला पार्टी कार्यालयमा समेत अनशनकारीलाई वेवास्ता गरे । उपसभापति निधिले शुक्रवार बिहान जनकपुरधाम स्थिति निजी निवासमा मध्यान्ह सम्म नेता, कार्यकर्ताहरुसित भेंट गरेका थिए ।

ansannn 1024x571 1

त्यसपछि उनी नगराइ स्थित निवासमा गएका थिए । शोकमा रहेका काँग्रेसका केहि नेताहरुलाई भेंटन उनीहरुको निवासमा नै नेता निधि पुगेर समवेदना प्रकट गरेको उनका सहयोगी युवा नेता जिवनाथ चौधरीले बताए ।

उनी शनिवार कमला र बलान नदीको निरीक्षणगर्दै मध्यान्ह काठमाण्डु फर्किने कार्यक्रम रहेको चौधरीले जनाए ।सबैला नगरपालिकाको किरतपुरमा कमला नदीले ३ सय मिटर बढी लामो तटबन्ध कटान गरेको छ ।पहाडमा वर्षा रोकिएकोले जनधनको क्षति नदेखिएपनि बाढी आउनासाथ ठूलो क्षतिको उच्च जोखिम रहेको छ ।