
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ५ दलको एकताले संविधान र संसद जोगाएको बताउनुभएको छ ।
अध्यक्ष केसीले सर्वोच्चको फैसला स्वीकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाउनुभयो ।
अहिलेको संविधान जोगिएको र अबको दिनमा संशोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताउनुभयो । अध्यक्ष केसीले जनता कोरोनाबाट बच्न खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताउनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो, “हामीले समर्थन गरेका हौँ, तर तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो, ५ दलको एकताले धर्मनिरपेक्षता गणतन्त्र लगायतका उपलब्धिहरुलाई बचाउने काम भएको छ, संसद कम्तिमा पनि १८ महिना बच्ने भयो, यो फैसला हामीलाई स्वीकार्य छ, तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ, केपी ओलीको सरकारले विचत्रकै काम गरेको छ, जनता खोप भनिरहेको बेलामा सरकारक भोट भनिरह्यो ।”
अध्यक्ष केसीले चुनाव जित्नका लागि खर्च गर्ने तर चुनाव जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको समेत बताउनुभयो ।