१४ बैशाख २०८१, शुक्रबार

डडेलधुरामा ३६ करोडभन्दा बढी बजेट फ्रिज

dadeldhura map
सांकेतिक तस्विर

डडेलधुरा जिल्लामा गत आर्थिक वर्ष २०७७/२०७८ मा ३६ करोडभन्दा बढी रकम फ्रिज भएको छ ।

सङ्घीय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले चालुतर्फ १० करोड र पुँजीगततर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको जनाएको छ ।

ढिलो गरी टेण्डर आह्वान हुनाले रकम फ्रिज भएको कार्यालयको भनाई छ । प्राविधिक कारणले गर्दा सिँचाइ, सडक कालोपत्रे, पुल निर्माण हुन नसक्दा बजेट फ्रिज भएको हो ।

गत आर्थिक वर्षमा पुँजीगततर्फ भने ९० प्रतिशत बजेट खर्च भएको छ । कोरोना महामारीका बीच पनि विकास निर्माणका काममा अवरोध नआएकाले ९० प्रतिशत बजेट खर्च भएको हो ।

प्रदेश सरकारको कुल २ अर्ब २४ करोड रुपैयाँमा २ अर्ब ३ करोड रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसै गरी सङ्घीय सरकारको ६५ प्रतिशत बजेट मात्र खर्च भएको छ । सङ्घीय सरकारको कुल १३ करोड बजेटमा ८ करोड ७७ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले जानकारी दिएको छ ।