१८ बैशाख २०८१, मंगलवार

नेम्वाङजी हिँडिसक्नुभएछ, तपाईं सभामुख हुनुन्थ्यो, धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ ?

नेम्वाङजी हिँडिसक्नुभएछ, तपाईं सभामुख हुनुन्थ्यो, धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ ?

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको भएपनि उनले गलत ब्याख्या गरेको आरोप लगाएका हुन् ।

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो ।’

प्रधानमन्त्री देउवाले आफूले विश्वासको मत लिने बेला पार्टीका सांसदहरूलाई ह्वीप नलगाएको दावी गरे । ‘पार्टीको पक्षमा मतदान गर्न मैले एमालेलगायतका सबै दललाई अनुरोध गरेको हुँ’, उनले भने’ ‘तर नेम्वाङले अनुरोध गरेको कुरालाई ह्वीप भनेर उल्टो कुरा गर्नु भयो ।”

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसदमा विश्वासको मत लिन सकिने भएपनि त्यस्तो हुन नसकेको उनले बताउनुभयो । उनले विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको र ह्विप नलगाइएको स्पष्ट पारेका थिए ।

प्रतिनिसभा बैठकमा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

सदनमा बधाईप्रति धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले ऋण लिएर जतिसुकै महंगो परे पनि सबै नेपालीलाई कोरोना खोप पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।