११ बैशाख २०८१, मंगलवार

ठाकुर–महतो देउवा ‘शरण’मा, जसपा संसदीय दलको विधान कार्यकारिणी समितिमा

deuba mahantha

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवाद चलिरहेको बेला मंगलवार दुवै समुहले छुट्टाछुट्टै बैठक गरेका छन ।

जसपा अध्यक्ष उपेन्द्र यादव समुहले मंगलवार संसदीय दलको बैठकगरि विधान तयार गरेको छ ।दलका ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतीबाट दलको विधान पारित गरेको सांसद प्रदीप कुमार यादवले जनाए । ‘दलको बैठकमा २२ जना सांसदहरुको उपस्थिति रहेको थियो’ यादवले भने, पार्टी विधान अनुसार दलले पारित गरेको विधान पार्टीको कार्यकारिणी समितिबाट अनुमोदनका लागि पठाइएको छ ।कार्यकारिणी समितिले अनुमोदन गरेपछि दलमा नेताको चयन लगायतका प्रकृयाहरु अगाडी बढने उनले बताए ।

दलको बैठकमा सहभागि सांसदहरु मध्ये अदालतबाट कार्वाही भएर निलम्बनमा परेका हरिनारायण रौनियारपनि सहभागि थिए । २ जना सांसद राष्ट्रिय सभाका थिए । यादवका अनुसार दलको बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै तहका सांसदहरुको सहभागिता रहने गरेको छ । यादव पक्षको संसदीय दलको बैठकमा महेन्द्र राय यादव, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र प्रसाद श्रेष्ठ, रेणु कुमारी यादव, मृगेन्द्र सिंह यादव, अमृता अग्रहरी, रामसहाय यादव, मो.इस्तियाक, प्रदीप यादव, रामबाबु यादव, प्रमिला यादव, डा.सुरेन्द्र यादव, डा.सुर्यनारायण यादव, प्रमोद साह, लिलादेवी सिटौला, नरमाया ढकाल, रानी मण्डल, रेणुका गुरुग, रुही नाज, चन्द्रकान्त चौधरी र हरिनायरायण रौनियारको उपस्थिति रहेको थियो ।रौनियार हाल निलम्बनमा परेका छन् ।

राष्ट्रिय सभा समेत ३५ सदस्यीय संसदीय दलमा यादवको पक्षमा २१ जना र राजकिसोर यादवको पक्षमा ४ जना देखिएकाले ठाकुर–महतोसित १० जना मात्र रहेको देखिन्छ ।राजकिसोर यादव सहितका सांसदहरुपनि यादव पक्षमा समाहित हुने तयारी गरिसकेका छन् । यस अघि २० जना सांसद रहेको महन्थ ठाकुर पक्ष संसदीय दलको नेतामा राजेन्द्र महतोलाई बनाइएको थियो ।तर त्यो दलको बैठकबाट भने भएको थिएन् ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न एमाले नेता महेश बस्नेतको डोलेश्वरस्थित रिर्सोटमा लिएको हस्ताक्षरको अधारमा महतो दलको नेत ाचयन भएको पत्र निर्वाचन आयोगमा पठाइएको थियो । यादव पक्ष पार्टी विधानको प्रकृयालाई पुरागरि अगाडी बढेको छ । कार्यकारिणी समिति र संसदीय दल दुवै निकायमा यादव समुहको भारी बहुमत रहेको छ ।

यादवले निर्वाचन आयोगमा आधिकारिकताको दावीगर्दै दिएको निवेदनको सुनवाई सुरु भइसकेको छ । यसैबीच महन्थ–राजेन्द्र पक्षले तीन दिन सम्म गरेको पुनर्गठित कार्यकारिणी समितिको बैठकबाट झुठा दावी सहितको निर्णय गरेको छ ।बैठकपछि अध्यक्ष ठाकुरले मंगलवार जारी गरेको विज्ञप्तिमा मधेश–थरूहट आन्दोलनसँग सम्बन्धित मागका साथै रेशम चौधरीको रिहाइलगायतका विषय सम्बोधन गर्ने प्रतिबद्धतापछि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उल्लेख गरेको छ । तर प्रधानमन्त्री देउवाले व्यक्तिगत रुपमा ठाकुरलाई पत्र लेखेर उनी सहित समुहका सदस्यहरुबाट विश्वासको मतमा सहयोग गर्न आग्रह गरेका हुन् ।

त्यो पत्र सार्वजनिक भइसकेकोपनि तीन दिन भइसकेको छ ।तर ठाकुरले जारी गरेको विज्ञप्तिमा विश्वासको मत लिन औपचारिक रूपमा पत्राचार गरी संविधान संशोधन, झुटा मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका समस्या समाधान गर्ने प्रतिवद्धता आएपछि देउवाका पक्षमा मतदान गरेको दावी गरेको हो । सम्पूर्ण नेपाली जनताका लागि तत्काल निःशुल्क खोपको व्यवस्था गर्नुका साथै कोरोनाका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग मागगर्दै विज्ञप्तिमा बाढी पहिरोमा परी ज्यान गुमाएका र विस्थापित भएका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनपनि माग गरेको छ । कोरोना भाइरस संक्रमणको कारण रोकिएको नेपाल–भारत सीमामा आवतजावत सहज गर्नसरकारको ध्यानाकर्षण गराएको अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल– भारत सीमामा २०७६ सालको चैत महिनादेखि नै आवतजावतमा अबरोध गरिएको छ । किसानलाई तत्काल विउ– विजन र मल उपलब्ध गराउन मागगर्दै ठाकुर पक्षले झुटा मुद्दा फिर्ता, नागरिकतासम्बन्धी अध्यादेश र संविधान संशोधनका लागि कार्यदल गठन गरेकोमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । प्रतिनिधि सभामा एमालेका नेता माधवकुमार नेपाल सहित २२ जना सांसदले देउवालाई विश्वासको मत दिने भएको र जसपा ठाकुर पक्षका ७ जना यादव समुहको संसदीय दलमा गै सकेपछि बाध्यताबस बिहानको निर्णयलाई उल्टाउदै देउवाको पक्षमा मतदान गरेका थिए ।

देउवाले ठाकुरलाई लेखेको पत्रमा जसपाका अध्यक्ष अथवा नेता समेत भनेर उल्लेख गरेका छैनन् ।ठाकुरलाई व्यक्तिगत रुपमा आग्रह गरिएको पत्रको ब्यहोराबाट नै प्रष्ट छ । असार २ गतेदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा सरकारमा सहभागिताको विषयमा समेत छलफल भएको थियो ।तर प्रधानमन्त्री देउवाले सहभागि गराउने चासो नदेखाएको र यादव पक्ष गठबन्धनमा नै रहेकाले सरकारमा जाने बाटो बन्द भएको निष्कर्ष निकालिएको एकजना सहभागिले जनाए ।

यादव पक्ष संसदीय दलको बैठकले ठाकुर र महतोले जनतासँग माफी नमागे सम्म एकता नगर्ने निर्णय गरेको छ ।‘लोकतन्त्रको हत्या गर्नेहरुसित कुनै एकता हुँदैन्’ सांसद प्रदीप यादवले भने, बैठकमा एक स्वरले उनीहरु प्रतिनिधि सभाको हत्यारा भएकाले माफी मागेर आए मात्र विचार गर्न सकिने निर्णय भएकोछ ।