१६ चैत्र २०८०, शुक्रबार

हतारिएर किन राजीनामा दिएको ? फिर्ता लिन ओलीको सुझाव

kp oli and bhim rawal

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् । सोमबार पार्टीको १० औं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका हुन् ।

‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । ​सकिन्छ भने अझै राजीनामा फिर्ता लिनुस्,’ उनले भने । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वसाको मत नहालौं भन्दा माधव नेपालले हप्काएर पठाएको ओलीको दाबी छ ।

‘भिम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बना‌औं भन्दा, माधव नेपालले म विधि पद्धति निर्णय मान्दिँन, एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए,’ बैठकमा ओलीले भने ।

रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए ।