१५ बैशाख २०८१, शनिबार

यी नेता तटस्थ, नेपालसहित केही सांसद देउवाको पक्षमा, अरु ‘नो भोट’मा ?

no vote

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।

 विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको माधव नेपाल समूह विभाजित भएको छ । तर वार्ता कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य प्रत्यक्ष निर्वाचित सांसद भने ‘नो भोट’ को पक्षम उभिने भएका छन् । संसद सचिवालयले विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन नचाहने सांसदको लागि ‘मत दिन्न’ भन्ने अलग्गै व्यवस्था समेत गरेको छ ।

पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।

विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् । संसद जोगाउन चाहिने वहुमत देउवाको पक्षमा पुगेकाले माधव पक्षका केही सांसद नो भोटमा जान लागेका हुन् ।