१५ चैत्र २०८०, बिहीबार

सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप : प्रधानमन्त्री

sherbadhur deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताए ।

उनले सरकारले छ्टिटै सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने बताए । उनले भने ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’

प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘मेरो पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भने ।

विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद आएको भए आफुलाई खुशी लाग्ने बताए ।

आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्ने भन्दै भारत, चीन वा जुनसुकै देशसंग सम्बन्ध सुदृढ राखेर राष्ट्रिय हित प्रबर्धन गर्ने बताए । ‘हाम्रो राष्ट्रिय हित भनेकै छिमेकी देशहरुसंगको सुदृढ सम्बन्धमा छ । हाम्रो देश गरिब छ, सबैको सहयोग लिनुपर्छ’, देउवाले भने ।

प्रधानमन्त्री देउवाले राष्ट्रको जीवनमा खास-खास समयमा राष्ट्रिय सरकार आवश्यक पर्ने भन्दै सहमतिको सरकार बनाउन आफू तयार रहेको बताए । ‘मिल्छ भने सरकारमा आउनुस्, सहमतिको सरकार बनाऔं ।

प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए ।

देउवाले लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेकोमा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे ।