१६ चैत्र २०८०, शुक्रबार

ठाकुर पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

mahantha thakur
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

अध्यक्ष ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले अध्यक्ष ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

‘प्रधानमन्त्रीजीले अध्यक्ष महन्थ ठाकुर पक्षलाई पत्र लेख्दै विश्वासको मत माग्नु भएको थियो,’ उहाँले भन्नुभयो, ‘अध्यक्ष ठाकुरलाई सम्बोधन गरेर नै पत्र लेख्नुभएपछि पार्टीका नेताहरु त्यस विषयमा छलफलमा जुट्नुभएको थियो ।’ छलफलमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको उहाँले बताउनुभयो ।