७ बैशाख २०८१, शुक्रबार

नारायणी नदीको भंगालोमा एक शव फेला

death

चितवनमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–१, चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका–७, दुलेपानीस्थित मादी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।