१४ बैशाख २०८१, शुक्रबार

ओलीले स्थायी कमिटी बैठक बोलाए लगत्तै माधव र प्रचण्डबीच भेटवार्ता

prachanda madhav
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी पार्टीको स्थायी कमिटी बैठक बोलाएपछि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

शनिबार दिउँसो प्रचण्ड कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका थिए । दुई नेताबीच केही बेर छलफल भएको बताइएको छ । सर्वोच्च अदालतको आदेशमा संसद पुनर्स्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

विगतमा सँगै रहेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा अन्योलमा नै छन् । शुक्रबारको बैठक रोक्न नेपाल पक्षले आग्रह गरेको भए पनि ओलीले अस्वीकार गरेका थिए ।