१४ बैशाख २०८१, शुक्रबार

एमाले संसदीय दलको बैठक भोलि ३ बजे बानेश्वरमा बस्ने

house

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक भोलि शुक्रबार अपरान्ह ३ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको लोट्से हलमा बैठक बस्ने तय भएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो । निवर्तमान प्रधानमन्त्री, एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रमुख सचेतक भट्टराईकाअनुसार बैठकमा चालु हुन लागेको संसदको अधिवेशनमा एमालेको तर्फबाट सांसदहरुले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक विषय तथा दैनन्दिन नागरिकको समस्या र सम्बोधनका विषयमा समेत छलफल हुने प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । भोलिको बैठकमा एमालेका सबै सांसदलाई जानकारी गराइने उहाँले बताउनुभयो । यद्यपि नेता माधवकुमार नेपाल पाँच दलीय गठबन्धन बैठकमा सक्रिय रहनुभएकाले सो पक्षका सांसदहरु बैठकमा सहभागी हुने नहुनेबारे अन्यौल नै छ ।