१९ बैशाख २०८१, बुधबार

ट्रक तोडफोड गरेर भागेका युवाहरू सवार जिप दुर्घटना

jeep 1024x768 1

पाल्पा, रामपुर नगरपालिका १०, हुग्दी खोलामा ट्रकमा तोडफोड गरेर भागेका युवाहरू सवार जिप दुर्घटना भएको छ । युवाहरूलाई नियन्त्रणमा लिने क्रममा जिप सडकमै पल्टिएको थियो ।

प्रहरीका अनुसार लु २ ख ३०२५ र ना ७ ख ९२३१ नम्बरको ट्रक चालक र सहचालकलाई रम्भा १ हुँगीका जिप चालक युवाहरूले कुटपिट गरेर भागेका थिए ।रामपुरबाट बुटवल जाँदै गरेको ट्रकलाई रोकेर चालक तथा सहचालक माथि कुटपिट गरेर भाग्दै गरेका युवाहरूलाई हुँगी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।कुटपिटबाट चालक दुर्गा बहादुर घाइते भएका छन् । उनीहरू रामपुरबाट कालीगण्डकी करिडोरकोहुँदै बुटवलतर्फ जाँदै थिए । उनीहरूले ना ७ ख ९२३१ नं. को ट्रकमा तोडफोड गर्नुका साथै चलानीको पैसा समेत जफत गरेको चालक दुर्गा बहादुर ठटराइले बताउनुभयो ।

कुटपिटमा संलग्न युवाहरूसहित २ वटा जिपलाई हुँगी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । मापसे गरेका युवाहरूले चलाएको जिप रामपुर १० र रम्भा १ को सिमानामा पल्टिएको हो । ग १ ज ३०४६ नम्बरको जिप ओरालो सडकमा पल्टिएको छ । जिप चालक बुद्धिमान परियार र नवीन मश्राङ्गी प्रहरी नियन्त्रणमा रहेका छन् । घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको हुँगी प्रहरीले जनाएको छ ।