१६ बैशाख २०८१, आईतवार

चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप, के खुल्ने–के नखुल्ने ?

chitwan prasasan

चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बिहीबार) आदेश जारी गर्दै साउन ७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरण नभएकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको बताए । यस्तै खाजा घर, रेष्टुरेन्ट र मिठाइ पसलहरु साँझ ७ बजेसम्म संचालन गर्न पाइने छ ।

यसअघि टेकअवे र होमडेलिभरी सेवा मात्रै रेष्टुरेन्टहरुले दिन पाएकोमा अब देखि रेष्टुरेन्टमै ग्राहक राख्न पाइने भएको छ ।

c1 1
c2
c3