२३ बैशाख २०८१, आईतवार

देउवा नेतृत्वको सरकारमा माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री हुने

Janardan sharma and pampha bhusal


नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंग्याएको छ । सिंहदरबारमा नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइममिनिस्टर शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हुनेको नाम टुंगो लागेको हो ।

माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ ।

सिंहदरबारमा देउवासँग भेटमा प्रचण्डले आफ्नो पार्टीबाट तीन नेताको नाम मन्त्रीमण्डलमा सहभागी हुन दिएका छन् ।

स्रोतका अनुसार उनले दिएका तीन नाम हुन्– पम्फा भुसाल, देव गुरुङ र जनार्दन शर्मा । 

प्रचण्डले तीन नाम दिए पनि आज पम्फा भुसाललाई मात्र मन्त्री पदको सपथ खुवाउन सकिने सम्भावना बढेको छ । देउवाले आज सानो मन्त्रिपरिषद् बनाउने भएकाले एक जनालाई मात्र सपथ खुवाउन खोजिएको हो ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ ।