२३ बैशाख २०८१, आईतवार

सपथको तयारी गर्दै राष्ट्रपति कार्यालय, देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दै

shital niwas

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छिन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए। केही समयमा देउवालाई नियुक्त गरेको विज्ञप्ति आउने उनले बताए। राष्ट्रपतिको कार्यालयले देउवाको सपथको तयारी समेत गरिरहेको छ। सपथ आजै हुने भनिएपनि निर्णय भइसकेको छैन।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै छन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनः स्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

प्रतिनिधिसभा विघटन बदर गर्दै संवैधानिक इजलासले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्। ओलीले आजै प्रधानमन्त्री निवास बालुवटार छाड्ने तयारी गरिरहेका छन्।