२३ बैशाख २०८१, आईतवार

ओलीले भने: भोलिबाटै खोप ल्याएको भनेर विपक्षीको तमासा सुरु हुन्छ तर मलाई प्रचारको माया छैन

pm in live oli

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सम्बन्धि खोपको कमी नहुने दाबी गरेका छन्। विदाई सम्बोधन गर्दै उनले आफ्नो सरकारले आवश्यक मात्रामा खोप ल्याएको बताएका हुन्।

उनले आफ्नै कार्यकालमा पर्याप्त मात्रामा खोप आइसकेको भए पनि विपक्षीले आफ्नो कार्यकालमा ल्याएको भनेर प्रचार गर्ने आरोप लगाए।

‘मलाई थाहा छ भोलि बिहानैबाट खोप ल्याएको भनेर प्रचार गरिनेछ। मलाई प्रचारको कुनै माया छैन। खोपका बारेमा मैले केही भनिरहनु नपर्ला’ उनले भने। तर आफूलाई प्रचारको मोह नभएको उनले बताए।

राजनीतिलाई केवल सुविधाको रुपमा बुझ्ने बुझाउने काम भएको ‌ओलीले बताए। सरकारका राम्रा कामको पनि आलोचना गर्ने काम बाहिरबाट नभई आफ्नै पार्टीबाट भएको ओलीको भनाई छ। उनले आफ्नो नेतृत्वको सरकार जनताप्रति उत्तरदायी भएको दाबी समेत गरे।