६ चैत्र २०८०, मंगलवार

आठ सय ३४ कैदीको सजाय माफ गणतन्त्र दिवसका अवसरमा

sital niwas

सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीको सजाय मिनाहा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गतेदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाह गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर ऐन, २०७४ को कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा उनीहरुको कैद माफी मिनाह गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा कानुनी व्यवस्था बमोजिम मिनाहको निर्णय भएको उल्लेख छ ।