६ चैत्र २०८०, मंगलवार

विदेशी पर्यटकका लागि खुल्यो जापान

Japan

कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द रहेको जापान विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

९८ देशका पर्यटकका लागि सिमा खुला गरिएको हो । तर केही प्रतिबन्धात्मक व्यवस्थाहरु भने कायमै रहने अधिकारीहरुले जनाएका छन् ।

गत मार्च मध्यदेखि विदेशी विद्यार्थीहरूलाई पनि जापान प्रवेश अनुमति दिइएको छ। जापानमा कोरोना महामारी नियन्त्रणका लागि विश्वकै सबैभन्दा कडा नियमहरु लागू गरिएको थियो ।

जसको असर अर्थतन्त्रमा परेको छ । जापानको अर्थतन्त्रको प्रमुख हिस्सा रहेको पर्यटक आगमन २०२० मा ९० प्रतिशत घटेको थियो ।