२३ बैशाख २०८१, आईतवार

आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दललाई सरकारमा पुर्याउन साथ दिने नेपाल

bipakshi gathabandan neta

अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन । आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता हुन माधव कुमार नेपाल । एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालविचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ । यी दुई नेताविच राजनीतिक सम्बन्धमा उतारचढाप हुँदै आएको छ । नेपालले १५ बर्ष पार्टीको नेतृत्व गरेका थिए ।

नेपालकै छत्रछाँयामा लामो समय रहेका ओलीले २०७१ को महाधिबेशनमा उनिसंगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पारे । भारतद्धारा गरिएको नाकाबन्दीको प्रतिकार गरेकै कारण ओलीको उचाई बढ्दै गयो । उनको नेतृत्वमा भएको स्थानिय निर्वाचनमा पार्टी सबैभन्दा ठूलो भयो । त्यसयता माधवकुमार नेपाल र ओलीको सम्बन्ध सुमधुर छैन । केपी ओलीलाई सरकारबाट जसरीपनि हाटाउने अभियानमा माधव कुमार नेपाल लागिरहे अन्नपूर्ण पोष्टमा खबर छ ।