२६ बैशाख २०८१, बुधबार

चितवनमा डेल्टा भेरियन्ट भेटिएसँगै कोरोना दोब्बर बढ्यो, आज एकैदिन २११ संक्रमित थपिए

Corona Dischargde

चितवनमा कोरोना संक्रमितको संख्या दोब्बर बढेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज एकैदिन २११ जना कोरोना संक्रमित थपिएका हुन् । जुन संख्या अघिल्ला दिनहरुको भन्दा दोब्बर बढी हो । आइतबार ४२ जनामा र शनिबार १११ जनामा कोरोना संक्रमण देखिएको थियो । असार महिनामा पहिलो पल्ट कोरोना संक्रमितहरुको संख्या २११ पुगेको हो ।

चितवनमा डेल्टा भेरियन्ट देखिएसँगै कोरोना संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् । आज थपिएका संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकामा ८३ जना, खैरहनीमा ६ जना, माडी नगरपालिकामा ५ जना, रत्ननगरमा ६ जना, राप्तीमा २ जना, कालिकामा ८ जना र इच्छाकामनामा १ जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ४५० पुगेको छ । कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रामक मानिएको छ ।