१४ बैशाख २०८१, शुक्रबार

म्यानचेस्टर युनाइटेड बराबरीमा, टोटेनह्याम पराजित

tottenham wolves 2

हिजो भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड बराबरी खेल्यो भने टोटेनहम हस्टपरले पराजय भोगेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिदा टोटेनहमले वल्भ्ससँग ३–२ को हार बेहोरेको हो ।

गुडिसन पार्क लिभरपुलमा गर्दा युनाइटेडका ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा युनाइटेडका गोलरक्षकको गम्भीर गल्तीमा एभर्टनका डोमिनिक कलभर्ट लेविनले गरेको गोलमा अग्रता कायम गरेको थियो । ह्यारी मिगुएरको ब्याक पासलाई गोलरक्षक गेयाले लामो प्रहार गर्न ढिला गर्दा कलभर्टले ब्लक गर्दै नियन्त्रणमा लिदै खाली पोस्टमा गोल गरेका थिए ।

united vs everton 2

३१औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काए । नेमान्जा माटिकको क्रस पासमा गोल गर्न सफल भएका थिए । घरेलु टोलीविरुद्ध बल पोजेसन राखेपनि युनाइटेडले गोल गर्न अवसर बनाउन सकेको थिएन ।

इंग्ल्यान्डका पहिलो रोजाईका गोलरक्षक जोर्डन पिकफोर्डले ९०औं मिनेटमा ब्रुनो फर्नान्डेजको प्रहारलाई बचाउदै सम्भावित हार टारेका थिए । थप समयको तेस्रो मिनेटमा कलभर्टले गोल गरेपनि भिएआरबाट उनी अफसाइड ठहरिए ।

united vs everton var

बराबरीसँगै म्यानचेस्टर युनाइटेड २८ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा यथावत छ । एभर्टन ३७ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

त्यस्तै प्रिमियर लिगकै अर्काे खेलमा घरेलु मैदानमै टोटेनहम वल्भ्ससँग ३–२ ले पराजित भएको छ । टोटेनहमले खेलमा दुईपटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । टोटेनहमका स्टेभेन वर्गविजिन र सर्जी औरिएरले गोल गरे । वल्भ्सका माट दोहर्थी, डिएगो जोटा र राहुल जिमिनेजले गोल गरे ।

tottenham wolves 2

१३औं मिनेटमा स्टेभेनको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । २७औं मिनेटमा माट दोहर्थीले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा सर्जी औरिएरले गोल गरेपछि टोटेनहमले खेलमा २–१ को अग्रता बनायो ।

tottenham wolves 4

५७औं मिनेटमा डिएगो जोटाले बराबरी गोल फर्काए । ७३औं मिनेटमा राहुल जिमिनेजले गोल गर्दै टोटेनहमलाई उसकै मैदानमा ३–२ को हार चखाए । जितसँगै वल्भ्स २८ खेलबाट ४२ अंक जोडेर छैटौ स्थानमा उक्लादा ४० अंक जोडेको टोटेनहम सातौ स्थानमा झरेको छ ।

tottenham wolves 3