४ बैशाख २०८१, मंगलवार

युरोपा लिग: रोनाल्डोको गोलमा युनाइटेड विजयी

man

एफसी सेरिफलाई २-० ले हराउदै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पहिलो जित निकालेको छ ।

युनाईटेडको जितमा जाडोन सान्चो र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दा युनाईटेडले २-० को जित निकाल्यो ।

जितसँगै युनाईटेडले समूह ई को २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ ।