११ बैशाख २०८१, मंगलवार

क्लासिको हेर्न बर्नेबाउ पुगे रोनाल्डो

ronaldo

आइतबार राति रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको हेर्न क्रिस्टियानो रोनाल्डो स्पेन पुगेका छन् । रियलले बार्सिलोनामाथि २–० को जीत निकाल्ने क्रममा रोनाल्डोले भिनिसियस जुनियरको गोलमा खुसायाली मनाउँदै गरेको देखिएका थिए ।

आफ्नो पूर्वक्लबको खेल हर्ने स्यान्टियागो बर्नेबाउ पुगेका रोनाल्डो समर्थकहरुको नजरबाट बच्न एउटा सामान्य कालो भ्यानमा स्टेडियमा प्रवेश गरेका थिए । तर, चाँडै टेलिभिजनका क्यामाराम्यानहरुले रोनाल्डोलाई स्ट्यान्डमा फेला पारिहाले ।

जब भिनिसियसले खेलको ७१ औँ मिनेटमा रियललाई अग्रता दिलाए, उनले रोनाल्डोको गोल सेलिब्रेसनको स्टाइललाई कपी गर्दै खुसियाली मनाए ।

उता, आफ्नो पूर्वक्लबको गोलको रोनाल्डोले पनि ताली बजाउँदै खुसियाली मनाए ।

खेलको इन्जुरी समयमा मारियानो डियाजले गोल गर्दै रियल म्याड्रिडलाई महत्त्वपूर्ण जीत दिलाए ।

सन् २०१८ मा युभेन्टससँग आबद्ध भएपछि रोनाल्डो म्याड्रिडमा फर्किएको यो पहिलो पटक हो । रियलमा रहँदा रोनाल्डोले ४३८ खेलमा कीर्तिमानी ४५० गोल गरेका थिए । एजेन्सी