८ बैशाख २०८१, शनिबार

एल क्लासिकोमा बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

real barca

स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।

गएराति भएको एलक्लासिकोमा रियल मड्रिडसँग बार्सिलोना २-० गोलले पराजित भएको हो । रियलको घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलले जित हात पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा बार्सिलोनाले रियललाई रोक्न सकेन । रियलका लागि खेलको ७१ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाए ।

म्ष्कज)ज्यmभ
त्यस्तै खेलको अन्तिम समयमा मारियानो डायजले गोल गरेपछि बार्सिलोना निरिह जस्तै देखियो । यो हारसँगै बार्सिलोना दोस्रो स्थानमा झरेको छ भने रियल लिगको शिर्षस्थानमा उक्लिएको छ ।

रियल २६ खेलमा ५६ अंकका साथ लिगको शिर्षस्थानमा रहेको छ । पराजित बार्सिलोना ५५ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ । यो जितसँगै समिक्षकहरुले जिदानको रणनीतिले बार्सिलोनाविरुद्ध काम गरेको बताएका छन् ।