१४ बैशाख २०८१, शुक्रबार

गोपाल किरातीको नेकपा माओवादी केन्द्र खारेज, बन्यो एकीकृत नेपाल कम्युनिस्ट पार्टी

gopal kirati

गोपाल किरातीको कपा माओवादी केन्द्रको नाम फेरिएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनेको छ ।

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र ब्युँतिएपछि निर्वाचन आयोगले गोपाल किरातीलाई पनि पुनर्गठित नेकपा माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्न पत्राचार गरेको थियो ।

आयोगको निर्देशनपछि किरातीले आफ्नो पार्टीको नाम फेरेर एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनाएका छन् । चुनवा चिन्ह भन्ने अहिले राखिएको छैन ।

किरातीले पूर्वमाओवादीकै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया– हथौडा पाएकोमा अब त्यो नपाउने भएका हुन् ।