१३ बैशाख २०८१, बिहीबार

पार्टीबाट निष्कासित अध्यक्ष गोपाल किराती

gopal kirati
फाइल फोटो

एकीकृत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किरातीलाई पार्टीले निष्कासन गरेको छ ।

माघ १४ देखि १८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले किरातीलाई ‘गद्धार’ घोषणा गर्दै निष्कासन गरेको हो ।

बैठकले आलोक रायमाझीलाई सर्वसम्मत केन्द्रीय समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।

एकीकृत नेपाल कम्युनिस्ट पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस बीचमा अदालतको फैसलाबाट हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जबरजस्ती माओवादी केन्द्र थमाइदियो । त्यसकाराण हाम्रो पार्टी पहिचानको संकट निराकरण गर्दै पार्टीको नामा र गोपाल किरातीलाई गद्धार घोषणा गर्नुको कारण सार्वजनिक गर्दछौँ ।”